Wednesday, August 27, 2025

बडिमालिका यात्रा

बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट सुर्खेत पुग्दा लामो बाटो भए पनि यात्राको उत्साहले थकाई हरायो। दोस्रो दिन सुर्खेत हुँदै बाजुराको सदरमुकाम मार्तडी पुग्दा बडिमालिकातर्फको आकर्षण अझ बढ्दै गयो। तेस्रो दिन मार्तडीदेखि पैदल यात्रा प्रारम्भ भयो। हरियालीले भरिएका डाँडा, सुन्दर गाउँ र रमणीय वातावरणसँगै हामी सोतापाटनसम्म पुगेका थियौं। सोतापाटनदेखि त्रिवेणी पाटनसम्मको बाटो अझ मनमोहक थियो, हरिया फाँट र प्रकृतिको सुन्दर दृश्यले यात्रा सजिलो बनायो। त्रिवेणीमा स्नान गरेर आत्मिक शान्ति अनुभव गरियो। त्यहाँबाट दिउँसो नै बडिमालिका मन्दिर पुग्दा भक्तिभावले मन भरियो। मन्दिर दर्शनपछि फेरि त्रिवेणीमै फर्केर बास बसियो । अर्को दिन त्रिवेणीबाट फर्केर सोतापाटनभन्दा केही तलसम्म पैदल झरियो, त्यसपछि मार्तडी पुगियो। अन्ततः सुर्खेत हुँदै पुनः बुटवल फर्किंदा यात्राले दिएको ऊर्जा, आस्था र प्रकृतिको आनन्द अझै पनि मनमा ताजा रह्यो । तलका टिकटक लिङ्क हरुबाट तपाइले भर्चुअल तर मनमोहक अनुभव गर्न सक्नुहुनेछ https://vt.tiktok.com/ZSAmYAMXk/ https://vt.tiktok.com/ZSAmYSyPV/ https://vt.tiktok.com/ZSAmYxKma/ https://vt.tiktok.com/ZSAmYAJGp/ https://vt.tiktok.com/ZSAmYgMSP/ https://vt.tiktok.com/ZSAmYSerF/

No comments:

बडिमालिका यात्रा

बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...