Wednesday, June 3, 2026

युवाको दरिलो आधार निजि क्षेत्र।

नेपाली युवा मानसपटलमा एउटा गहिरो छाप परेको छ— करियर बनाउने भए सरकारी जागिर खानु, नभए विदेश जानु। तर बदलिँदो आर्थिक परिदृश्यमा यो सोच पुरानो भइसकेको छ। नेपालको निजी क्षेत्र (प्राइभेट सेक्टर) अहिले यति सुदृढ र विस्तारित भइसकेको छ कि यसले सरकारी र वैदेशिक रोजगारको एक उत्कृष्ट, दिगो र आकर्षक विकल्प प्रस्तुत भइरहेको छ। आज नेपालका हजारौँ युवाहरू काठमाडौँका बुटिक सपिङ सेन्टर वा आफ्नै कोठामा बसेर अमेरिकी, युरोपेली र बेलायती कम्पनीहरूका लागि सफ्टवेयर डेलिभरी गरिरहेका छन्। सयौँ आईटी कम्पनीहरूले नेपाली युवाहरूलाई महिनाको लाखौँ रुपैयाँ पारिश्रमिक मात्र दिएका छैनन्, अन्तर्राष्ट्रिय स्तरको कार्यवातावरण समेत प्रदान गरेका छन्। डिजिटल बैंकिङ र एआई को विकासले गर्दा युवाहरूले विदेशमा पाउने जत्तिकै वा त्योभन्दा बढी सुविधा नेपालमै बसेर पाइरहेका छन्। पठाओ वा इनड्राइभ जस्ता राइड-शेयरिङ प्लेटफर्म, र दराज जस्ता ई-कमर्स कम्पनीहरूले नेपालमा लाखौँको लागि प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्। नेपालको वित्तीय क्षेत्र (वाणिज्य बैंक, बिमा कम्पनी) र ऊर्जा क्षेत्रमा निजी लगानीको बाढी नै आएको छ। ग्लोबल आईएमई वा एनएमबि जस्ता निजी बैंकहरूमा युवाहरू ३०-३५ वर्षकै उमेरमा व्यवस्थापकीय तहमा पुग्न सफल भएका छन्। त्यस्तै, दर्जनौँ निजी हाइड्रोपावर कम्पनीहरूले दूरदराजका प्राविधिक तथा प्रशासनिक युवाहरूलाई खाडी मुलुक जानबाट रोक्न ठुलो भूमिका खेलेका छन्। युवाहरूले बदल्नुपर्ने दृष्टिकोण निजी क्षेत्रमा अवसर छैन भन्नु केवल भ्रम मात्र हो। वास्तविकता के हो भने, निजी क्षेत्रले "सर्टिफिकेट" भन्दा बढी "स्किल्स" (Skills/दक्षता) खोज्छ। चाहे त्यो आईटीको कोडिङ होस्, बैंकको फाइनान्सियल एनालिसिस, वा अटोमोबाइल क्षेत्रको ईभी डायग्नोस्टिक्स र एसेम्बल म्यानेजमेन्ट— यदि युवाहरूमा समयसापेक्ष सीप छ भने नेपालको निजी क्षेत्रले उनीहरूलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेको छ। सरकारी जागिरको सीमित कोटा र खाडीको चर्को घाम दुवैको विकल्प हाम्रै देशको निजी क्षेत्र बन्न सक्छ र बनिरहेको छ। अटोमोबाइल, आईटी, र बैंकिङ जस्ता क्षेत्रहरूमा भइरहेको आधुनिक विकासले नेपालमै एउटा बलियो 'कर्पोरेट इकोसिस्टम' तयार गरेको छ। अब युवाहरूले "नेपालमा केही हुँदैन" भन्ने हीनताबोध त्यागेर निजी क्षेत्रले सिर्जना गरेका यी आधुनिक अवसरहरू पहिचान गरी आफ्नो क्षमता निखार्न जरुरी छ। असिम पौडेल बुटवल। अटोमोबाइल, सेल्स क्षेत्रमा आबद्ध ।

No comments:

युवाको दरिलो आधार निजि क्षेत्र।

नेपाली युवा मानसपटलमा एउटा गहिरो छाप परेको छ— करियर बनाउने भए सरकारी जागिर खानु, नभए विदेश जानु। तर बदलिँदो आर्थिक परिदृश्यमा यो सोच पुरानो ...