Monday, June 21, 2021
रुपन्देहीमा निषेधाज्ञा खुकलो ।
बुटवल(शिव सुनार) - रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको सहकर्मी शिव सुनारले बताउनु भयो ।
तर सवारी साधन चल्दा जोर-विजोर प्रणाली अनुसार चल्नु पर्ने जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले बताए। ‘जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्ने छ। उनले भने यो नीजि सवारी साधनको लागि मात्र हो । सार्वजनिक सवारी साधन अझै खुला भएको छैन ।
यस्तै डीसीसीएमसीको बैठकले भोलीबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएकाे हाे ।
Subscribe to:
Post Comments (Atom)
बडिमालिका यात्रा
बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...
-
Recently, there have been various movements in Nepal advocating for the return of the monarchy. Some groups see the monarchy as a symbol ...
-
बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...


No comments:
Post a Comment